सरकार आर्थिक संकटमा पर्ने अर्थविदको चेतावनी

काठमाडाैं । सरकार आर्थिक संकटमा पर्ने तथा अर्थव्यवस्था डामाडोल रहेको बेलामा सरकारले विकासका नयाँ आयोजना ल्याउन पनि नसक्ने अर्थविदहरुले चेतावनी दिएका छन् ।  सरकारी ढुकुटी रित्तिएको अवस्थामा सरकारले महत्वकांक्षी राष्ट्रिय गौरवका नयाँ योजना अगाडी बढाउन नसक्ने उनीहरुको बताएका हुन् ।

मुलुक संघिय संचरनामा गएको बेलामा सरकारलाई साधारण खर्च धान्न पनि मुस्किल हुने तथा सरकारले थुप्रै आर्थिक चुनौतीको सामना गर्नुपर्ने अर्थविध केशव आचार्यले बताएका छन् । सरकारले विकास निर्माणका महत्वकांक्षी नयाँ आयोजना ल्याउन भन्दा पनि निर्माणाधिन आयोजनालाई पुर्णता दिन पर्ने अाचार्यको धारण रहेको छ ।

देश विकासको मेरुदण्डका रुपमा रहेका राष्ट्रिय गौरवका आयोजना पुरा भएको खण्डमा मात्र आर्थिक स्रोत जुट्न सक्ने र थप आयोजना ल्याउन सहज हुने उनले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु