
काठमाडौं । धनगढीमा आगामी चैत १७ देखि सुरु हुन लागेको दोस्रो धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटका लागि खेलाडीहरुको अक्सन बुधबार सम्पन्न भएको छ। काठमाडौंको अन्नपूर्ण होटलमा अाज खेलाडीहरूको अक्सन भएको हो । अक्सनमा बसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन सबैभन्दा महंगो रकम(१ लाख ५० हजारमा) मा तीन अलग अलग क्लबमा अनुबन्धित भएका हुन्।
वसन्त रेग्मी विराटनगर किङ्स, करण केसी र आरिफ शेख महेन्द्रनगर युनाइटेड र अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन्। विराटनगरले पृथु बास्कोटालाई पनि १ लाख २० हजारमा अनुबन्ध गरेको छ। त्यस्तै विराटनगरले अन्य ५ खेलाडीलाई जनही १ लाखमा अनुबन्धन गर्दै खेलाडीको अक्सनमा ९ लाख ९५ हजार रुपैयाँ खर्च गर्दै महंगो टिम बनेको छ।
बिभिन्न क्लबमा अनुबन्धित खेलाडीको नामावली र रकम यस प्रकार रहेको छ :
क्लब रणनीतिक खेलाडी अनुबन्धित रकम
विराटनगर किङ्स पारस खड्का
वसन्त रेग्मी १ लाख ५० हजार
पृथु बास्कोटा १ लाख २० हजार
पवन सर्राफ १ लाख
रामनरेश गिरी १ लाख
सौरभ खनाल १ लाख
दिलिप नाथ १ लाख
अनिलकुमार शाह १ लाख
महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी
करण केसी १ लाख ५० हजार
आरिफ शेख १ लाख ५० हजार
रोहित कुमार पौडेल १ लाख
भुवन कार्कीलाई १ लाख
रुपन्देही च्यालेन्जर्स शक्ति गौचन
सागर पुन १ लाख ५० हजार
सुशन भारी १ लाख
विक्रम कुमार भुषाल १ लाख
सिद्धान्त लोहनी १ लाख
सिवाईसी अत्तरिया दिपेन्द्रसिंह ऐरी
कुशल भुर्तेल १ लाख
कृष्ण कार्की १ लाख
सन्दिप जोरा ९० हजार
सुवास खकुरेल ८० हजार
टिम चौराहा धनगढी सोमपाल कामी
योगेन्द्रसिंह कार्की १ लाख
ललित भण्डारी १ लाख
सोनु तामाङ १ लाख
सुनिल धमला १ लाख
काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्ल
ललित राजवंशी १ लाख
अमित श्रेष्ठ १ लाख
किशोर महतो १ लाख
शहाव आलमलाई १ लाख







