
पर्सा । वीरगन्ज राजधानी संघर्ष समिति र २ नं प्रदेश सरकारबीच वीरगन्जमा भएको वार्ता बिना सहमति नै सम्पन्न भएको छ । वीरगन्जको होटल भिष्वामा २ नं प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल र संघर्ष समितिका पदाधिकारीबीच भएको वार्तामा दुवै पक्ष आ–आप्mनो अडानमा कायम रहेको कारण सहमति जुट्न नसकेको हो ।
वीरगन्जलाई राजधानी बनाउनुपर्ने एक सूत्रीय मागसहित विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएको संघर्ष समितिले राखेको माग पूरा गर्न संवैधानिक जटिलता रहेकाले सहमति जटन नसकेको बताइएको छ ।








