प्रधानमन्त्री अोली मन्त्रीमण्डल विस्तारबारे छलफल गर्दे, १८ मन्त्रालय राख्ने तयारी

काठमाडाैं । एमाले माओवादीको सहमतिपछि प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न आज प्रधानन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

३ सदस्यीय मात्रै रहेको मन्त्रीमण्डल सम्भव भएसम्म आजै नभए भोलि बिस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेको उनको सचिवालयले जनाएको छ । संविधान अनुसार मन्त्रीको सङख्या २५ भन्दा बढाउन पाईने छैन । प्रशासन सुधार सुझाव आयोगले भने १५ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाब सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रधानमन्त्री ओलीले भने १८ मन्त्रालय राख्ने तयारी गरेका छन् । आज बस्ने मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या र नाम अनुमोदन गर्नेछ ।

सम्बन्धित शिर्षकहरु