देउवा पत्नी अार्जुले लगाइन राष्ट्रपति विरूद्ध यस्तो अारोप

काठमाडाैँ । राष्ट्रिय सभामा नियुक्त हुने तीन सिटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिस कार्यान्वयन नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको घोर उल्लंघन गरेको आरोप देउवा पत्नी आरजु राणा देउवाले लगाएकी छन्। मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् पूर्व प्रधानमन्त्री पत्नी राणाले यस्तो आरोप लगाएकी हुन्।

नेपालको संविधान अनुसार आलङ्कारिक रहनुपर्ने महामहिम राष्ट्रपतिज्यूबाटै संविधानको घोर उलङ्घन भएको छ ’ आरजुले भनेकी छन्, ‘शेरबहादुर देउवा सरकारको पालामा गरिएको राष्ट्रिय सभाका ३ जना सदस्यहरूको नियुक्ति सिफारिसलाई राष्ट्रपतिज्यूले पर्याप्त समय हुँदाहुँदै पनि अनुमोदन नगरी त्यसपछि गठन भएको सरकारले गरेको नितान्त फरक व्यक्तिहरुको सिफारिस चाहिँ तुरुन्तै अनुमोदन गर्नुले गरिमामय संविधानको उलङ्घन भएको हो।’

पूर्व प्रधानमन्त्री पत्नी राणाले भनेजस्तै अघिल्लो हप्ता देउवा सरकारले राष्ट्रिय सभामा मनोनित हुने तीन सिटमा चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो। तर, राष्ट्रपतिले उनीहरुलाई राष्ट्रिय सभामा नियुक्त गरिनन्। पूर्ववर्ती सरकारले गरेको सिफारिसलाई नयाँ मन्त्री परिषदले आइतबार (६ फागुन) मा रद्द गरी आजैमात्र नयाँ नाम सिफारिस गरेको थियो।

राष्ट्रपतिको उपरोक्त कदमले राष्ट्रपति नामक संस्थालाई विवादित बनाएको दावी गरेकी छन्। भनेकी छन्, ‘यस्तो कदमले राष्ट्रपति जस्तो मुलुककै अभिभावकको रुपमा तटस्थ रहनुपर्ने पदलाई विवादित र राजनीतिकरण मात्रै गरेको छैन, आगामी दिनहरुमा राष्ट्रपति थप ‘सक्रियु हुने खतरा बढाएको छ, जसप्रति गम्भीर खेद प्रकट गर्दछु।’

सम्बन्धित शिर्षकहरु