एमाले-माओवादीले रोजेको ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता हुन नसक्ने, यस्तो छ कारण

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर राख्न खोजिएको ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको छ। नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर दर्ता भएको भेटिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएपनि उनीहरूले आयोगमा दल दर्ता भने गराएका छैनन्। आयोगले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता भएको देखिन्छ । एउटै नाममा दुर्इ वटा दल दर्ता गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ। यसअघि मधेस केन्द्रीत दलहरु एक भएर राष्ट्रिय जनता पार्टीको नाममा दर्ताका लागि आयोग पुगेका बेला पनि दर्ताका लागि अस्वीकार गरिदिएको र पछि राजपाले नामको पछाडि नेपाल शब्द जोडेको थियो।

सम्बन्धित शिर्षकहरु