
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ जोड दिनु परने बताएका छन् ।
६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवशर पारेर प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा अाज हेटौँडामा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै उनले यसो बताएका हुन् । जनप्रतिनिधिले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ विचार गर्नुपर्ने पनि उनले बताए ।
पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पुर्याउन संघीय सरकारले गुरुयोजना बनार्इ उच्च प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।








