नेता खड्काको स्वस्थ्य स्थिती बुझ्न शभापति देउवा नर्भिक अस्पतालमा, अाजै दिल्ली लाने तयारी

काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई  अस्वस्थ भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । खड्काको स्वस्थ्य स्थितीबारे बुझ्न नेता, कार्यकर्ता शुभचिन्तकहरु नर्भिक अस्पतल आउने क्रम जारी रहेको छ भने खड्काको स्वास्थ्य स्थिती बुझ्ने कांग्रेस शभापति शेरबहादुर देउवा पनि नर्भिक अस्पताल पुगेका छन् ।   खडकाको स्वास्थ्यमा अचानक समस्या देखिएपछी थप उपचारको लागी आजै दिल्ली अस्पताल लाने तयारी भइरहेको छ ।

खड्काको स्वास्थ्य स्थिती बुझ्नका लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल,केन्द्रिय सदस्य मोहन बस्नेत,शंकर भण्डारी,पुष्पा भुषाल लगायत नेता सांसद ,कार्यकर्ता ,शुभचिन्तक लगायतको अस्पतालमा बाक्लो उपस्थिती रहेको छ । तत्काल एयर एम्बुलेन्सका लागि प्रबन्ध भइरहेको समाचार स्रोतले बताएको छ ।

 

सम्बन्धित शिर्षकहरु