सिन्धुलीमा जीप दुर्घटना परी, ४ को मृत्यू, १७ घाइते

काठमाडौं । सिन्धुली सदरमुकामबाट गोलन्जोर गाउँपालिका रतनचुराको हिर्दिङ जाँदै गरेको ना११च २२७५ नम्बरको जिप सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रे भन्ज्याङ नजिक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गोलन्जोर गाउँपालिकाका रेशम कार्की, युवराज लुङ्गेली, नवराजा थापा र पूर्व गाविस सचिव लक्ष्मी देवकोटा रहेका छन् । दुर्घटनामा घाइते हुनेमध्ये अवस्था गम्भीर रहेका २ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । अन्य घाइतेहरूको भने सदरमुकाममा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु