
एजेन्सी । सैफ अलि खान र अमृता सिंह अहिले अलग भैसकेका छन्, तर कुनै समय अमृताका लागि सैफ पुरै पागल थिए । यी दुईको अफेयर एकदमै चाखलाग्दो छ । सिमी ग्रेवालको चैट शोमा अमृताले सैफसँगको आफ्नो पहिलो डेटको बारेमा धेरै कुराहरु बताएकी थिइन् । उनले उक्त शोमा सैफको बारेमा धेरै खुलासा गरेकी थिइन् । उनले पहिले सनी देवलका लागि सैफलाई बेवास्ता गरेको तर पछि सैफको प्रेममा परेपछि सनी देवललाई बेवास्ता गरेको पनि बताइन् ।
उक्त शोमा अमृताले दुबैको पहिलो भेट ‘ये दिल्लगी’ फिल्मको सेटमा बताइन् । फोटो सूटको सिलसिलामा पहिलोपटक सैफसँग भेट हुँदा त्यहाँ काजोल लगायत अन्य कलाकार पनि थिए । त्यस समय सैफलाई पहिलोपटक देखेकी अमृतासँग सनी देवल पनि साथै थिए त्यसैले उनले सैफलाई खासै वास्ता गरेकी थिइनन् ।
तर पछि पुन सैफसँग भेट भएपछि सैफले उनलाई डिनरका लागि प्रस्ताव राखेका थिए । सैफले त्यसै चैट शोमा अमृताको घर गएको समयमा उनले पहिलोपटक अमृतालाई बिना मेकअप देखेको बताए । त्यस समय उनलाई देखेर आफु एकदमै आश्चर्यचकित भएको उनले बताए ।
साथै सैफले पहिलो डेटमा अमृताले आफुलाई किस गरेको सुनाए । उनले अमृताको घरमा धेरै दिनसम्म बसेको तर कुनै किसिमको शारीरिक सम्बन्ध नराखेको बताए ।
तीन महिनासम्मको अफेयरपछि सैफले १९९१ मा सेक्रेट विवाह गरेका थिए । किनभने अमृता र सैफको बीच १२ वर्ष उमेरको फरक थियो । दुबैले विवाहको दुई दिनपूर्व नै जिन्दगीभरी साथै रहने निर्णय लिएका थिए ।








