
एजेन्सी । बिहिबार राति भएको युरोपा लिगमा एट्लेटिको मड्रिडले कोइभेनह्याभलाई ४-१ गोलले पराजित गरेको छ ।खेलमा अग्रता भने कोइभेनह्याभले लिएको थियो । उसका लागि भिक्टर फिस्चरले गोल गरेका थिए ।
तर, त्यसपछि खेलमा एट्लेटिको फर्कियो ।एट्लेटिकोका लागि साउल निगुइचले बराबरी गोल फर्काए । ३७ औ मिनेटमा केभिन ग्रामिरोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । दोस्रो हाफमा पनि एट्लेटिकोको दबदबा रह्यो । उसका लागि एन्टोनियो ग्रिजम्यान र भिटोलोले गोल गरेका थिए ।






