ओलीलाई मध्यरातमा मोदीको फोन

काठमाडौं । भारतीय्र प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गएराति टेलिफोन मार्फत बधाई तथा शुभकामना दिएका छन् । मोदीले गएराति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सम्वादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको जनाउँदै नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । प्रधामन्त्री ओलीले पनि आफूलाई बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयास गर्ने बताएका छन् ।

यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन मार्फत सफल कार्यकालका लागि शुभकामना दिएकी छन् ।

सम्बन्धित शिर्षकहरु