पप्पु गुरुङ्ग, दोधारा । माहाकालीमा एक हप्ते अगरबत्ती निमार्ण तालिम शनिवार सम्पन्न भएको छ । ‘हाम्रो आवाज, चेलीबेटी मुक्त समाज’ नारा सहित आय आर्जनको लागी महिला किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिले माहाकाली नगरपालिकामा संचालन गरेको एक हप्ते अगरबत्ती निमार्ण तालिम सम्पन्न भएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिले जनाएको छ ।
माहाकाली नगरपालिका क्षेत्रका १० जना महिला तथा किशोरीहरु तालिममा सहभागीता गराईएको माईती नेपालका महेश्वरी भट्टले जानकारी दिएका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समितिको आयोजन तथा माईती नेपाल कञ्चनपुरको सहयोगमा संचालन भएको अगरबत्ती तालिमको समापन सत्रका सभापती माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए भने अतिथीमा माहाकाली नगरपालिका वडा नं. ६ का वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजाली वडा नं. १ का वडा अध्यक्ष अर्जुन भट्ट लगाएतको उपस्थित रहेका थिए ।
कार्यक्रममा ग्रामीण क्षेत्रका महिलाहरु घरायसी कामबाट बचेको समयको सदुपयोग गदै अगरबत्ती बनाउने तालिममा सकेपछि उत्पादन गरेर आर्थिक रुपमा आत्मनिर्भर बन्न अग्रसर हुनेमा बिश्वास गरिएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले बताएका छन् ।
सिन्काबाट माहाकाली नगरपालिकालाई समृद्ध बनाउन सकिने बताउदै नगर क्षेत्रमा महिलाहरुलाई रोजगारी तिर उन्मुख बनाउन माहाकाली नगरपालिका कार्यालय लाग्नु पर्ने वडा अध्यक्ष सिजालीको भनाई हरुको थियो । माहाकाली नगरपालिका क्षेत्रमा रहेका महिला तथा किशोरीहरुलाई आय आर्जन गर्न सहज गर्ने उद्धेश्यले तालिम संचालन गरिएको आयोजक संस्थाले जनाएको छ् ।
आर्थिकरुपमा कमजोर भएका महिला तथा किशोरीहरु बढी जोखिममा पर्ने भएको हुदा उनिहरुका लागी आय आर्जन गर्ने सिपको बिकास गर्दै घरमै बसेर आय आर्जन गरेर स्वाबलम्बी बनाउनको निमित्त एक हप्ते अगरबत्ती तालिम निकै फलदायी भएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । सीप नभएर हात खाली बस्ने महिलाहरुलाई लघु उद्यम तर्फ आकर्षित गर्न माहाकाली नगर क्षेत्रमा आगामी दिनहरुमा यस्ता बिभिन्न कार्यक्रम गर्दै जाने माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बिश्वास दिलाएका छन् ।
आर्थिक उपार्जन गरि महिलाहरुलाई सवल बनाउनका यस्ता कार्यक्रम नगरपालिका कार्यालयले समेत गर्दै जानु पर्ने तालिमका प्रशिक्षक धनासरा चन्दले बताएका छन् ।








