स्थगित भयो एमाले स्थायी समितिको बैठक

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा अाज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ । बैठक भोलि बिहानसम्मको लागि स्थगित गरिएको हो । पार्टी एकताबारे छलफल र प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचि तय गर्न बोलाइएको बैठक अाज स्थगित भएको हो ।

बिहिबार अध्यक्ष ओली र प्रचण्डबीच भएको तीन घन्टा लामो गोप्य बैठकमा भएको छलफलका बारेमा आजको बैठकमा अध्यक्ष ओलीले ब्रिफ्रिङ गर्ने बताइएको थियो ।

सम्बन्धित शिर्षकहरु