साउदीले फेला पार्‍यो कहिल्यै नसिकने यस्तो ऊर्जा भण्डार

एजेन्सी । तेल उत्पादनमा अग्रणी देश साउदी अरबले अब आफ्नो तेल सकिने समस्याबारे चिन्तित हुनुपर्ने अवस्था टरेको छ । उसले बिजुलीका लागि एउटा फरक ऊर्जा स्रोतको खोज गरेको छ । यस नयाँ खोज अन्तर्गत उसले जमिनबाट निस्कने ‘इन्फ्रारेड विकिरण’बाट बिजुली उत्पादन गर्नेछ ।

खबरहरुको अनुसार साउदी अरबका वैज्ञानिकहरु हाल एकप्रकारको मोडल तयार गरिरहेका छन् जसले जमिनबाट निस्कने त्यस्ता विकिरणहरुलाई संकलन गर्नेछ । ती विकिरणहरुलाई संकलन गर्नका लगि धेरैवटा एन्टेनाहरु राखिएका छन् । उक्त एन्टिनाबाट ति विकिरणहरु सेमिकण्डकटर डायोडमा पुग्नेछ । डायोड इम्फ्रारेडबाट प्राप्त हुने अल्टर्नेटिङ करेन्टलाई प्रत्यक्ष करेन्टमा बद्ली दिन्छ । यस्ता करेन्टहरुबाट ठूल्ठूला ब्याट्रीहरु चार्ज गर्न सकिन्छ । शहरमा बिजुली उपलब्ध गराउन यसमाथि ठूलो मात्रामा काम गरिने योजना बनाइएको छ ।

साउदी अरबले आफ्नो नयाँ योजनामा काम गर्न सुरु गरेको छ । उसले एसिडब्ल्युए नामको एउटा कम्पनीलाई उक्त परियोजना सुम्पेको हो । परियोजनामा करिब ३० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु