राष्ट्रिय सभामा वाम गठबन्धनको वर्चस्व,कसले कहाँ जिते ? (नामसहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ। कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमालेले सबैभन्दा बढी २७ सदस्य जितेको छ।

त्यसैगरी वाम गठबन्धनमा सहभागी माओवादी केन्द्रले १२ सदस्य जितेको छ। वाम गठबन्धनले कूल ३९ सदस्य जित्न सफल भएको छ। नेपाली कांग्रेस १३ सदस्य जिती दोस्रो हुन सफल भएको छ। संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।

बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगतारअल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश १
नैनकला ओझा (एमाले/निर्विरोध)
बिना पोखरेल (माओवादी/निर्विरोध)
सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)
पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)
रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)
हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध)
मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)
प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)
जितेन्द्र देव (कांग्रेस/निर्विरोध)
रमेश यादव (राजपा/निर्विरोध)
सुमन प्याकुरेल (एमाले/निर्विरोध)
रामप्रित पासवान (संसफो/निर्विरोध)
वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)

प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
बलरामप्रसाद बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माओवादी/३,३९६)

प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)
विन्दादेवी आले (कांग्रेस२२७४)
दिपा गुरुङ (एमाले१७१६)
शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२)
सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)
गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)
दिनानाथ शर्मा (माओवादी/१,५३०)
खिमकुमार विक (माओवादी/३,३९६)

प्रदेश ५
कोमल वली (एमाले/निर्विरोध)
मीना बुढा (एमाले/निर्विरोध)
अनिता देवकोटा (कांग्रेस/निर्विरोध)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)
खिमलाल भट्टराई (एमाले/३,००६)
चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)
रामलखन चमार (एमाले/५,५०८)
राजकुमार कुँवर (माओवादी/५,३४०)

प्रदेश ६
कविता बोगटी (एमाले)
नन्दा चपाई (एमाले)
यूटोल तामाङ (माओवादी)
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)
ठगेन्द्रप्रकाश पुरी (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
कालीबहादुर मल्ल (माओवादी)

प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)
कमला ओली (एमाले/निर्विरोध)
इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)
बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)
शेरबहादुर कुँवर (एमाले/निर्विरोध)
हरिराम चौधरी (माओवादी/निर्विरोध)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)

सम्बन्धित शिर्षकहरु