फ्यान बन्नअघि शाहरुखलाई ‘अहंकारी’ मान्थे जेन मलिक

एजेन्सी । अंग्रेजी पप गायक जेन मलिक बलिउड बादशाह शाहरुख खानको एक्टिङ र व्यक्तित्वका ठूलो फ्यान हुन् । जेनले आफ्नी प्रेमिका गिगि हदीदलाई शाहरुखको फिल्म ‘देवदास’ देखाएबाटै उनी शाहरुखको ठूलो फ्यान हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।

तर हालै एउटा खुलासा भएको छ कि केहि अघिसम्म जेन शाहरुखको फ्यान त टाढोको कुरा उनलाई वास्तवमा असल व्याक्ति पनि मान्दैन थिए । जेनले स्वयम् बताएका छन् कि उनी शाहरुखलाई पहिले कुनैपनि कोणबाट मनपराउँदैन थिए तर खानसँगको भेटघाट र बातचित पछि उनको विचार बद्लिएको हो ।

जेनले शाहरुखसँग भेटेपछि उनी एकदमै ‘विनम्र’ र ‘मायालु’ व्यक्ति भएको आफुले थाहा पाएको बताए । जेनले शाहरुखको फिल्महरु हेर्दा उनी ‘अहंकारी’ व्यक्ति भएको आफुलाई लागेको तर वास्तविक जीवनमा उनी एकदमै फरक रहेको बताए ।

शाहरुखका बच्चाहरु जेनको एकदमै ठूलो फ्यान हुन् । शाहरुखले केहि दिनअघि जेनसँगको आफ्नो तस्विरलाई सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । शाहरुखले त्यस तस्बिरले आफ्नो बच्चाहरुको माझमा उनलाई हिरो बनाएको बताएका छन् ।

सम्बन्धित शिर्षकहरु