काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति पदमा एकै व्यक्तिलाई दोहोर्याउन नहुने बताएका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले रास्ट्रपतिमा बिद्या भण्डारीलाई दोहोर्याउने तयारी गरिरहेको बेला खनाल त्यसको ओलोचना गरेका हुन् ।
इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले पार्टीले जिम्मा दिएमा आफू जुनसुकै जिम्मेवारीका लागि पनि तयार रहेको बताए ।
‘पार्टीले मूल्यांकन गरेर जे जिम्मा दिन्छ त्यो जिम्मा त्यो लिएर अघि बढ्ने मान्छे हुँ,’ उनले भने, ‘म अहिले पनि मूल्यांकन गरेर यो जिम्मेवारी लिनुपर्छ भन्छ भने त्यो लिएर अघि बढ्न म तयार छु’ । विचार र संगठनात्मक समस्या समाधान गर्न दुई पार्टीबीच छलफल भइरहेको बताउँदै खनालले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने दावी गरे ।








