चुडामणि शर्माको घरमा विप्लवका कार्यकर्ताद्वारा तोडफोड

काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माको घरमा अाज तोडफोड भएको । काठमाडौंको बूढानिलकण्ठस्थित शर्माको घरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।

भ्रष्टाचारी चुणामणि शर्माको सम्पति राष्ट्रियकरण गर्नुपर्ने लिखित माग उनीहरूले शर्माको घरको गेटमा टाँसेका छन् । अदालत र राज्यबाट संरक्षित भ्रष्टचारीलाई चेतावनी स्वरुप घर तोडफोड गरिएको बताइएकाे छ।

कर फछर्यौट आयोगमा रहँदा अर्बौं रकम भ्रष्टचार गरेको आरोपमा अख्तियारले शर्मासहित आयोगका तीन पदाधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो भने अदालतले एक करोड रुपैयाँ धरौटीमा शर्मालाई सामान्य तारेखमा रिहा गरेको थियो।

सम्बन्धित शिर्षकहरु