
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एकतानजिक पुगेका एमाले र माओवादी केन्द्रबीच सम्बन्धमा चिसोपन बढेको छ । अभिव्यक्तिस्वरुप माओवादी केन्द्र र एमालेका नेताहरुले सामाजिक सञ्जालबाट आशंका व्यक्त गर्न थालेका छन् । शनिबार साँझ माओवादी केन्द्रका नेता मणि थापाले वामपन्थी शक्तिलाई यसबारे सचेत गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्,’एमालेलाई अति महत्त्व दिएको अावरणमा वाम एकता ताेडने दक्षिणकाे दक्षिणपन्थी हरकतबाट वामपन्थीहरू सजक हुन जरुरी छ । विषेश त एमाले ।’ उनले एमालेलाई सम्बोधन गरेरै यस्तो अभिव्यक्ति दिएका छन्।








