
काठमाडौं । दुईदिने भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए लगत्तै विदेशमन्त्री स्वराजले भनिन्, ‘नेपाल मित्रराष्ट्र हो, म अहिले एजेण्डा लिएर आएकी होईन् । सम्बन्धलाई सुमधुर बनाउन आएकी हुँ । मित्रसँग भेट्न आएकी हुँ । बस यति हो।’
स्वराजका साथमा भारतका नवनियुक्त विदेशसचिव विजय केशव गोखले, मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली नेपाल आएको छ।








