वाम एकता संयोजन समितिको बैठकमा यस्ता भए निर्णय

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठक डेढ घन्टा बसेर सकिएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिएका छन्।

बैठकका तीन उपलब्धि:
(१) पार्टी एकताको प्रगतिबारे अध्यक्षद्वयले बैठकलाई संक्षिप्त ब्रिफिङ
(२) मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रीमण्डल गठनको विषयमा कार्यदलको रिपोर्ट अनुमोदन
(३) कार्यदललाई शीर्ष नेताद्वारा धन्यवाद व्यक्त।

सम्बन्धित शिर्षकहरु