काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको ‘कामचलाउ’ सरकारले बुधबार वृद्धभत्ता पाउने उमेरहद ७० वर्षबाट ६५ कायम गरेपछि यो विषय सर्वाधिक चर्चा बन्न पुगेको छ । यदि सरकारको निर्णय कार्यान्वयन हुन्थ्यो भने अहिले राजनीतिको केन्द्रमा रहेका एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वमा रहेका अधिकांश नेताहरुले सरकारबाट वृद्ध भत्ता पाउने थियो ।
ओलीले भने जस्ता प्रधानमन्त्री देउवाले वृद्धभत्ता पाउनेको उमेरको सीमा नघटाएको भएपनि पाउने थिए। किनभने उनी ७१ वर्षका भए। यसअघि सरकारले ७० वर्षको समय तोकेको थियो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ७३ वर्षका भए, त्यसैगरी देउवा सरकारमा उप प्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठ ७१ वर्षका भए भने कृष्णप्रसाद सिटौला ६८ र रामशरण महत ६७ वर्षका भए । त्यसैगरी देउवा सरकारमा उप प्रधानमन्त्रीहरु कांग्रेसका विजयकुमार गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले वृद्ध भत्ताका योग्यताको नजिक रहेका छन्। गच्छेदार ६४ र थापा ६३ वर्षका छन्।
त्यसो त एमालेका नेताहरु पनि वृद्धभत्ता खानलागि योग्य भएका छन्। ६६ वर्षका एमाले अध्यक्ष ओली मात्रै होइन, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र संविधानसभामा अध्यक्ष सुवास नेम्वाङ पनि यो वर्गभित्र पर्ने छन्। उनीहरु सबै ६५ वर्ष काटेका छन्। गौतम ६९ वर्षका भएन भने खनाल ६८ र नेपाल तथा नेम्बाङ ६५-६५ वर्षका भए । एमालेका महासचिव ईश्वर पोखरेल अर्को वर्ष ६५ मा पुग्दैछन् भने भीम रावलले अझै दुई वर्ष कुर्नुपर्ने छ । मधेशवादी दल राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर ७० वर्षका भए,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अन्य नेता भन्दा कान्छा छन्। उनीहरु दुवै ६३-६३ वर्षका भए । माओवादी केन्द्रका राष्ट्रियसभाको उम्मेदवार बनाएका नेता दीनानाथ शर्मा ७३ वर्षका भए । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ७७ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छे ७८ वर्षका भए ।
नेकपा मालेका अध्यक्ष सिपी मैनाली पनि वृद्धभत्ता पाउन योग्य नेताको सूचिमा छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यले यसअघि नै वृद्धभत्ताको मापदण्ड पूरा गरिसकेका छन् ।
उमेरले वृद्धभत्ताका लागि योग्य भए पनि राजनीतिक गरेर मनग्य पैसा कमाएका नेताहरु भत्ताका लागि प्रक्रियामा सहभागि हुने सम्भावना भने ज्यादै न्युन छ ।








