‘एमाले‍-माओवादी वाम होइन, दक्षिणपन्थी गठबन्धन हो’

ओखलढुंगा । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमाले-माओवादी गठबन्धन वाम नभएर दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । ओखलढुंगामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले माअोवादी गठबन्धन सत्ता टिकाउनका लागी मात्र बनेको अारोप लगाएका छन् ।

उनले भने, ‘सत्ता टिकाउनका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको हो ।’ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक समेत रहेका गजुरेलले चरित्रका हिसाबले एमाले‍-माओवादी गठबन्धनलाई वाम गठबन्धन भन्न नमिल्ने बताएका छन् ।

एमाले र माओवादी दुवै दल अब वामपन्थी नरहेको धारणा व्यक्त गरेका छन् । एमाले माअोवादी गठबन्धनले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको बताउँदै उनले भने, ‘न एमाले वाम हो न माओवादी, यी दुवै वाम नभएकाले यिनीहरुको गठबन्धन प्रतिक्रियावादी सत्ता टिकाउने मोर्चा मात्रै हो ।’

सम्बन्धित शिर्षकहरु