सिड्नी सहर रेलसेवा प्रभावित

सिड्नी । कर्मचारीले आन्दोलन गरेपछि अष्ट्रेलियाको सिड्नी सहरको रेल सेवा अस्तव्यस्त भएको छ । कर्मचारीको माग सरकारले वेवास्था गरेपछि आन्दोलित कर्मचारीको कारण बिहिबारदेखि रेलसेवा प्रभावित भएको हो ।

कर्मचारीहरुले तलब तथा सेवा सुविधाको माग गर्दै केही समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले आन्दोलन गरिरहेका उनीहरुलाई सेवा सुविधा बढाइदिने प्रस्ताव राखेको छ । तर, कर्मचारीहरुले भने आफूहरु सन्तुष्ट हुन नसक्ने गरि वृद्धि प्रस्ताव गरिएको भन्दै प्रस्ताव अस्विकार गरेका छन् ।

सम्बन्धित शिर्षकहरु