राष्ट्रियसभाका लागि ८३ जनाको उम्मेदवारी, सातवटा प्रदेशमा को-को बन्ने उम्मेदवार ?

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट बुधबार मनोनयनपत्र दर्ता भएको छ । उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८र८ वटै सिटमा चुनाव हुनेछ ।

राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक-अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११ प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।

 एमाले

प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

 

 नेपाली कांग्रेस

प्रदेश नम्बर १
विन विश्वकर्मा, दलित (झापा)

प्रदेश नम्बर २
राजपा, कांग्रेस र संघीय समाजवादीबीच सिट बाँडफाँड

प्रदेश नम्बर ३

हरिशरण नेपाली (दलित) काठमाडौं
मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक, अपांगता, भक्तपुर

४ नम्बर प्रदेश
खुलातर्फ सुरेन्द्रराज पाण्डेय
महिलातर्फ बृन्दा रानामगर
दलिततर्फ जीतबहादुर नेपाली
अपाङ्गरअल्पसंख्यकतर्फ प्रकाश पन्त
प्रदेश नम्बर ५
दुर्गाप्रसाद उपाध्याय, खुला
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मिकी, दलित
लुटबहादुर खत्री,अपाङ्ग अल्पसंख्यक

६ नम्बर प्रदेश
खुलातर्फ बिष्णुबहादुर शाही
महिलातर्फ सूर्यदेवी मल्ल
दलिततर्फ सीताराम विक
अपाङ्गरअल्पसंख्यकतर्फ गोपालप्रसाद शर्मा

७ नम्बर प्रदेश
बद्रीप्रसाद पाण्डेय,खुला
तारादेवी भट्ट,महिला
शेरीराम पार्की, दलित
छत्रराज जोशी,अपाङ्ग अल्पसंख्यक

माओवादी केन्द्र

प्रदेश १ तर्फ
बीना पोखरेल महिला

प्रदेश २ तर्फ
शशिकला दाहाल,महिला
प्रदेश ३ तर्फ
रामबहादुर थापा बादल, खुला
गंगा पराजुली,महिला

प्रदेश ४ तर्फ
दीनानाथ शर्मा, खुल्ला
खीमकुमार बिक, दलित

प्रदेश ५ तर्फ

राजकुमार कुँवर,अल्पसंख्यक अपांग
चन्द्र बहादुर खड्का, खुला

प्रदेश ६ तर्फ
जीवन बुढा, अपाङ्ग अल्पसंख्यक
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुल्ला

प्रदेश ७ तर्फ

लालिराम लोहार,दलित
हरिराम चौधरी,खुला

सम्बन्धित शिर्षकहरु