उपत्यका सहित देशभर हिँउदे बर्षा, किसानलाई राहत

काठमाडौं । उपत्यका सहित देशका विभिन्न भागमा यो बर्षको पहिलो हिँउदे बर्षा भएको छ । गएराति सुदुरपश्चिमवाट शुरू भएको हिँउदे बर्षा मध्यपहाडी क्षेत्रमा आईपुगेको हो । हिँउदे मौसममा पहिलो पटक जमिन भिज्ने गरी पानी पर्न लागेको हो । हिउँदको शुरूमा नै पानी पर्ने गरेपनि यो बर्ष ढिला गरि बर्षा भएको मौसमविदको भनाइ छ ।

मौसमविदका अनुसार आज दिनभर देशभर बदली रहेर धेरै ठाँउमा पानी पर्ने सम्भावना छ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्रमा सक्रिय हुने मौसम रातीवाट पुर्वी क्षेत्रमा सक्रिय हुनेछ ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावले मौसमी बदली भएको र अब एक दुई दिन हिउँदे वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका क्षेत्रमा तुलनात्मक रुपमा पानी बढी पर्ने बताईएको छ ।

सम्बन्धित शिर्षकहरु