स्वान्सी सिटीद्वारा लिभरपुल पराजित

एजेन्सी । सोमबार राति भएको प्रिमियर लिगमा लिभरपुललाई स्वान्सी सिटीले १-० गोलले पराजित गरेको छ । स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले धेरै अवसरहरु सिर्जना गरेको थियो । खेलको अन्तिम मिनेटसम्म पनि आक्रामक खेल खेलेको लिभरपुलले गोल गर्न भने सकेन ।

स्वान्सी सिटीका लागि एल्फी मअसनले खेलको ४० औ मिनेटमा गोल गरे । उक्त गोल नै स्वान्सी सिटीका लागि खेल जित्न काफी रह्यो । अंक तालिकाको २० औ स्थानमा रहेको स्वान्सीलाई यस जितले केही राहत दिएको छ । स्वान्सीको २४ खेलमा २० अंक रहेको छ ।

सम्बन्धित शिर्षकहरु