
वाशिङटन डिसी । अमेरिकाको टेक्सास स्थित एक स्टोरमा काम गर्दै आएका एक नेपालीको हत्या भएको छ । शनिबार राति ३५ वर्षीय मनिष पाण्डेको बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति करीब १२ बजे तिर दुई लुटेराले लुटपाट गरी हत्या गरेका हुन् । स्टोर बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । लुटेरा समूहको खोजी कार्य तीब्र रूपमा जारी रहेको तैनाथ प्रहरीले जनाएको छ । यसअघि दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीलार्इ लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।








