सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् दीपक मनाङे

पोखरा । प्रदेश नम्बर ४ का प्रदेशसभा सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ । अाज पोखरा नगर प्रशिक्षण केन्द्रमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई र श्रेष्ठले अन्य सांसदहरुलाई सपथ खुवाएका थिए ।

सपथ ग्रहण कार्यक्रममा मनाङको प्रदेशसभा २ बाट स्वतन्त्रतर्फबाट निर्वाचित भएका दीपक मनाङे भने उपस्थित भएनन् । उनी ज्यान मार्ने मुद्दामा अदालतबाट दोषी ठहर भएका थिए ।

सम्बन्धित शिर्षकहरु