
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफूले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी वीरगंज हुनुपर्छ भनेर नबोलेको स्पष्ट पारेका छन् ।
उनले भने,‘मैले कहिल्यैपनि २ नम्बर प्रदेशको राजधानी वीरगन्ज बन्नुपर्छ भनेर बोलेको छैन, सबै हिसावले यो प्रदेशको राजधानी जनकपुर हुनुपर्छ, यो ऐतिहाँसिक स्थल हो, सरकारले अहिले अस्थायी राजधानी तोकेको छ, यो स्वागतयोग्य कुरा हो।’ उनले प्रदेश राजधानीको विषयमा अहिले आन्दोलन गर्नुको कुनै औचित्य नभएको पनि बताए ।
२ नम्बर प्रदेशमा राजपा–फोरम नेतृत्वको सरकार बन्नेमा विश्वश्त छन् । उनले भने,‘२ नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, उपेन्द्र यादवजीको पार्टीकै नेतृत्वमा प्रदेश सरकार हुन्छ, यसमा कुनै विवाद छैन्।’
आफूहरुसँग चुनावी तालमेलको लागि वाम गठबन्धनले पनि प्रस्ताव गरेपनि माघ २४ गते राष्ट्रिय सभाको निर्वाचनबारे कांग्रेससँग चुनावी गठबन्धन बनाउनको लागि आन्तरिक छलफल हुने पनि उनले बताएका छनै ।
अाफुहरूको मुख्य एजेन्डा नै संविधान संशोधन भएका कारण संविधान संशोधन नभए मधेशमा अर्को आन्दोलन हुने पनि चेतावनी दिए ।








