
दाङ । बुटवललाई अस्थायी राजधानीको मुकाम तोकेपछि मंगलबारदेखि अस्थायी राजधानीको मुकाम माग्दै आन्दोलित बनेको दाङ अाज पाँचौ दिन पनि बिहानैदेखि ठप्प रहेको छ ।
संयुक्त संघर्ष समिति दाङको अगुवाइमा आन्दोल भइरहेकाे छ जसका कारण दाङको जनजीवन प्रभावित हुनुका साथै जिल्लाका बजार क्षेत्र, शिक्षण, संस्था कलकारखाना, यातायातलगायत सम्पूर्ण क्षेत्र पाँच दिन यता पुरै ठप्प रहेका छन् ।
जिल्लाका घोराही, लमही, तुलसीपुर, भालुवाङलगायतका बजार क्षेत्र आन्दोलनकारीहरुले बिहानेदेखि बन्द गराएका छन्, भने पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । यातायातमा भएको अवरोधका कारण यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।








