सिड्नीमा “प्रेमगीत २” प्रदर्शन हुने

सिड्नी । केही समय अघि नेपालमा प्रदर्शन भएको सिनेमा “प्रेमगीत २” अब सिड्नीमा प्रदर्शन हुनेभएको छ । पछील्लो समय युवा पुस्ता माझ लोकप्रिय बन्न सफल नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरीको मुख्य भुमीका रहेको उक्त सिनेमा नेपालमा ब्लकबष्टर बनेको थियो । सिड्नीमा इभेन्ट आयोजकको रुपमा परीचित कलिउड क्लबले सिनेमा “प्रेमगीत २” सिड्नी शो ब्यबस्थापन गर्ने भएको छ ।

लभ स्टोरी सिनेमा भएकोले प्रेम महिना अर्थात फेब्रअरी भरी सिड्नीमा सिनेमा प्रदर्शन हुने भएको छ । सिनेमाको फस्ट शो भने हर्षभिलको सिभिक थिएटरमा फेब्रुअरी ३ तारीख, शनीबारको दिन हुने भएको छ । र बाकीँ शोहरुको भने पछी मिति तय गर्ने कुरा ब्यबथापन क्लबका निर्देशक श्यामसुन्दर गिरीले बताए ।

रामशरण पाठको निर्देशन, शन्तोष सेनको निर्माण रहेको सिनेमा “प्रेमगित २” आशुसेन ब्यानरमा निमार्ण भएको हो । सिनेमामा प्रदिप र अश्लेषाका अलावा शन्तोष सेन, कैलाश कटुवाल, बविता रेग्मी लगाएतका कलाकारहरुको भुमिका रहेको छ ।

‘कहानी यो प्रेमगीतको’ र ‘मोटरसाइकलमा’ जस्ता गीत उक्त सिनेमामा सामाबेश गरीएको सार्बाधीक चर्चाीत गीत हुन् । सिनेमाको छायाँकन नेपाल, थाईल्यान्ड र म्यानमार गरीएको थियोे । सिनेमा “प्रेमगीत २” सिड्नी शोका लागी ०४०४२५६८७२ मा सम्पर्क गरेर पनी टिकट बुक गर्न सक्नुहुन्छ, भने प्रती टिकेटको २५ डलर पर्नेछ ।

सम्बन्धित शिर्षकहरु