
काठमाडौं । राधी विद्युत कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर (आइपीओ) बुधबार बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक नबिल इनभेस्टमेन्ट बैकिङ्का अनुसार गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ७१ हजार एक सय तीन जानाले १० कित्ता शेयर पाएका छन्। यसमध्ये एक जनाले ११ कित्ता शेयर पाएका छन्। बाँकि शेयर कर्मचारी र सामुहिक लगानी कोषलाइ बाँडफाँड गरिएको छ।
कम्पनीले पुस ३ गतेदेखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो। उक्त बाँडफाँडमा १३ सय २७ आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इनभेस्टमेन्टले जनाएको छ।








