
एजेन्सी । पुर्व ब्राजिल तथा बार्सिलोनाका स्टार स्टाइकर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्यास लिएको उनको एजेन्टले जनाएको छ । रोबर्टो एसिस जो रोनाल्डिन्होका भाइ पनि हुन्, उनले यस कुराको पुष्टि गर्दै रोनाल्डिन्होले ३७ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्यास लिएको बताएका हुन् ।
सन् २०१५ मा ब्राजिलियन क्लब फ्लुमीनेन्स क्लब छाडेपश्चात उनी कुनै पनि व्यवसायिक फुटबल क्लबसँग आवद्ध थिएनन् । उनका भाइले भनेका छन्, ‘विश्वकपलाई मध्यनजर राख्दै उनले यस्तो निर्णय गरेका हुन् । उनको भव्य विदाइका लागि हामी तयारी गरिरहेका छौ ।’
सन् २००५ मा बार्सिलोनाबाट खेलिरहँदा उनले फिफा बेलोन डोर उपाधी समेत जितेका थिए । सन् २००२ को विश्वकप उपाधी जिताउन समेत उनले प्रमुख भुमिका खेलेका थिए । बार्सिलोना क्लबलाई लालिगा उपाधी जिताउन समेत उनको प्रमु हात रहेको थियो ।






