सर्वोच्चले तोक्यो मनाङेलाई पाँच वर्ष कैद सजाय,गणेशले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई अदालतले ५ वर्ष जेल सजायँ सुनाएको छ । उनलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको हो । मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएर मनाङ ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी भएका थिए ।

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गर्दै यस्तो निर्णय गरेको हो । सर्वोच्चका न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले यस्तो फैसला गरेकाे हो ।

सो मुद्दामा पुरावेदन अदालत पाटनले यस अघि नै पाँच वर्षको कैद सबै चार प्रतिवादीलाई नै सुनाएकोमा रेवत कार्की समेतका तीनै प्रतिवादीले पुनरावेदन गरेता पनि दिपक मनाङेले भने पुनरावेदन नगरेकाले पुनरावेदनकै फैसला अन्तिम हुने गरी सर्वोच्चले सदर गरेको हो। यसो त गणेश लामासहित चार जनाले भने सफाइ पाएका छन् ।

सम्बन्धित शिर्षकहरु