शिखरको विन्टर सेल मेलामा फ्याक्ट्रीकै उत्पादन मूल्यमा जुत्ताचप्पल उपलब्ध, किन्न अाउने सर्वसाधारणको घुँइचो

काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको घुँइचो लागेको छ । यो मेला एक सातादेखि भृकुटीमण्डपमा चलिरहेको छ । जुत्ता उत्पादकहरुबीच सेल मेला गर्न दिने कि नदिने भन्ने विवाद उचाइमा पुगेपछि अागामी दिनहरूमा यस्तो मेला नहुने हो कि भन्ने आशंकाले उपभोक्ता सस्तोमा जुत्ताचप्पल किनिहाल्न मेलामा ओइरिएको अनुमान गरिएको छ ।

शिखरले फ्याक्ट्रीकै उत्पादन मूल्यमा जुत्ताचप्पल उपलब्ध गराएको र जुत्ताचप्पलमा १५ देखि ७० प्रतिशतसम्म छुट दिएको छ । मेलामा लाइन लागेरै जुत्ता किन्नु परेको छ । मेला माघ ६ गतेसम्म चल्ने जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु