
काठमाडौं । रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको मुग्लिन-नारायणगढ सडक भोलिबाट ४ दिन सम्म २४ सै घण्टा खुला हुने भएको छ।
माघे सङ्क्रान्तिलाई मध्यनजर गर्दै भोलिबाट माघ २ गतेसम्म ४ दिनको लागि २४ सै घण्टा खुल्ला गर्ने निर्णय गरेको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ।
माघ २ गतेपश्चात भने राती १० देखि बिहान चार बजेसम्म नै सडक बन्द हुने जनाइएको छ ।








