प्रचण्डले ३० किलोको माला लगाउँदा बाबुरामको यस्तो प्रतिक्रिया

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार म्याग्दीमा आयोजकले तयार बनाएको ३० किलोको माला ग्रहण गर्दै मुस्कुराएको तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्यो । दाहालले ३० केजीको माला लगाएकोबारे शनिबार उनका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले व्यंग्य गर्दै एक ट्वीट गरेका छन् । भट्टराईले लेखेका छन्, ‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं ।’

भट्टराईको यस व्यंग्यपछि सामाजिक सञ्जाल पक्ष विपक्षमा बाडिएको छ । पत्रकार गजेन्द्र बुढाथोकी लेख्छन्, ‘मैले गाइजात्रामै लेखेको थिएँ डा. साब । धरोधर्म नेपाल बन्दैन यही चालाले, कोही ५ किलो, कोही १० किलो, कोही २५ किलो, कुन दिन नेता पुरिएरै मर्छन फूलका मालाले ।’

यस्तै बाबुरामको ट्वीटलार्इ जवाफ दिँदै कर्कटले ट्वीट गरेका छन्, ‘भारतबाट आयातित फुल नहोस भन्ने कामना गरम् ।’ अर्का ट्वीटे देव बर्तौलाको जवाफ छ, ‘आफुलाई बौद्धिक र नवीन सोचाइको सम्झिनेले यसरी सानोतिनो कुरामा टिकाटिप्पणी गरेर कुण्ठा पोख्नु शोभनीय हुँदैन ।’ शुब्रद उपाध्यायको रमाइलो जवाफ छ, ‘हैन माला लाएर कोहि ठुलो र कोहि स्यानो हुने हैन… । बेकारमा फुलको सत्यानाश… । मन ठुलो र माला स्यानो भए हुन्थ्यो ।’

सम्बन्धित शिर्षकहरु