पुर्खाले लडेर नेपाल बचाएका छन्, अब हामीले लड्नुपर्दैन, अडिए मात्र पुग्छ – अध्यक्ष अोली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकजुट हुन पर्ने बताउँदै सबैलार्इ हातेमालो गर्न अाव्हान गरेका छन् ।

राष्ट्रिय एकता दिवसकाे अवसरमा आज अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई बचाइराख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

‘हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडिए मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन् ।’

पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न अतुलनीय योगदान दिएको पनि अध्यक्ष ओलीले उल्लेख गरेका छन् ।

सम्बन्धित शिर्षकहरु