
एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह गर्नु भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली फापेको छ । उनीसँग बिहे गरेपछि कोहली रोयल च्यालेन्जर्स टीममा यथावत रहेका छन् र उनको पारिश्रमिक १७ करोड भारु रहेको छ । जुन सबैभन्दा बढी हो । त्यस्तै विराटको टीममा एबी डी भिल्लियर्स पनि समावेश हुनेछन् । भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीका यसपटक पुन: आईपीएल अन्तर्गत चेन्नाईमा फर्किएका छन् । उनीसँगै उक्त टीममा सुरेश रैना र रविन्द्र जडेजा पनि खेल्नेछन् ।
रोहित शर्मा र हार्दिक पांड्यालाई मुम्बई इंडियनले खरिद गरेको छ । त्यस्तै अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर र भारतीय बलर भुवनेश्वर कुमारलाई सनराइजर्स हैदराबादले किनेको छ । दिल्ली डेयरडेविल्स ने ऋषभ पंत, क्रिस मोरिस र श्रेयस अय्यरलाई खरिद गरेको छ । रिकी पोन्टिङलाई दिल्ली टीमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । किंग्स इलेवन पंजाब ने अक्षर पटेल को टीममा यथावत राखेको छ । मुंबईले जसप्रीत बुमराह पनि यथावत राखेको छ ।






