काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ। आज बिहान साढे ४ बजे बा ९० प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकपेटीमा ठक्कर खान पुगेको थियो।

मृत्यु हुनेमा बाग्लुङ घर भई हाल बोहोराटार बस्ने २५ वर्षीय साजन ठकुरी रहेका छन्। गम्भीर घाइते भएका ठकुरीको उपचारको क्रममा सवा ५ बजे शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षकहरु