सन्धि-सम्झौताको विरुद्धमा आठ वामदलले संघर्ष गर्ने

काठमाडौँ, विभिन्न आठ वामदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउदै संयुक्त सङ्घर्ष गर्ने भएका छन् ।

गत भदौ ३१ गते दिल्लीमा जारी संयुक्त विज्ञप्ति राष्ट्रको हितमा नभएको तथा यसमा राष्ट्रिय स्वाधीनतामा आँच आउने विषय समावेश भएको भन्दै नेकपा (माले) र नेकपा (मसाल) सहित आठ वामदलले विरोध जनाएका हुन ।

ती दलले विगतमा विभिन्न समयमा गरिएका दुई देशका असमान र राष्ट्रघाती सन्धि–सम्झौतालाई खारेज गरी नेपाललाई स्वतन्त्र राष्ट्रकारूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन ।

सहमत हुने दलसँग सहकार्य गर्दै राष्ट्रघात र त्यसका विरुद्धको सङ्घर्षको आवश्यकताबारे चर्चा गर्न संयुक्त पर्चा प्रकाशन र वितरण गर्ने वामदलले जनाएका छन ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले आईतवार एक प्रेस विज्ञप्तिमा जारी गरी आगामी कात्तिक ९ गते काठमाडौँको सुन्धारामा विरोध जुलुस प्रदर्शन गरिने र शान्ति वाटिकामा जनसभा आयोजना गर्ने जनाएका छन ।

सम्बन्धित शिर्षकहरु