काठमाडौं । रेखा र आर्यनको ‘रुद्रप्रिया’ यु ट्युबमा सार्वजनिक भएको छ । रिलिज भएको छोटो समयमै यु ट्युबमा सार्वजनिक भएको हो । सार्वजनि भएको दुईदिनमै ५ लाख ६१ ह जार भन्दा धेरैले हेरिसकेका छन् ।
‘रेखा फिल्मस्’ बाट महिला प्रधान फिल्म बनाउँदै आएकी रेखाले ‘रुद्रप्रिया’मा पनि त्यसलाई निरन्तरता दिएकी छिन् । समाजसँग जुध्ने र समाजभित्रै उत्पीडनमा परेर बस्ने महिलाको दुई रुपलाई फिल्मले देखाउन खोजेको छ । नेपालको सन्दर्भमा फिल्मले उठाएको कथावस्तु सान्दर्भिक छ । फिल्मलाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् ।
रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरु पनि अभिनय छ ।







