ल्याण्डलाइन पनि अब प्रिपेड, प्रयोगकर्ताको लागि यस्तो आयो नियम


काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइन सेवा प्रयोग गर्नका नयाँ नियम ल्याउने योजना अघि सारेको छ ।

कम्पनीले ल्याण्डलाइनको हालको बिलिङ प्रणालीलाई रुपान्तरण गरी तत्कालनै बिलिङ हुने ‘कन्भर्जेन्स रियल टाइम बिलिङ’मा परिवर्तन गर्ने नयाँ प्रक्रिया अघि सारेकोले नयाँ व्यवस्था गर्न लागेको हो । अबदेखि अग्रिम रुपमा रकम जम्मा गर्नुपर्ने भएको छ ।

यो बिलिङ प्रणाली कार्यान्वयनमा आएपछि ग्राहकले टेलिफोनमा रहेको ‘क्रेडिट लिमिट’सम्म मात्र सेवा प्रयोग गर्न सक्छन् । त्यो भन्दा बढी बक्यौता भएको अवस्थामा सेवा स्वतः बन्द हुने कम्पनीले जनाएको छ ।

अर्थात अहिलेजस्तो बक्यौता रहेको अवस्थामा पछि भुक्तान गर्न पाउने व्यवस्था हट्नेछ । कम्पनीले ग्राहकलाई समयमै बक्यौता रकम भुक्तान गर्न तथा आवश्यक रकम अग्रिम भुक्तान गरेर मात्र सेवा प्रयोग गर्न जानकारी गराएको छ ।

सम्बन्धित शिर्षकहरु