काठमाडौं । रानीपोखरीको पुनर्निर्माण गरिँदा पुरातात्विक महत्वलाई ध्यान नदिइएको भन्दै विरोध भइरहेका बेला महानगरपालिकाका मेयर र उपमेयरबीच विवाद चर्किएको छ ।
रानीपोखरी पुनर्निर्माणमा विरोध बढेपछि उपमेयर हरिप्रभा खड्गी मंगलवार त्यहाँ पुगेर उनले पुरातात्विक महत्वलाई ख्यालै नगरी पुनर्निर्माणको काम भइरहेको भन्दै रानीपोखरीको गेटमा ताला लगाएकी थिइन् । उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । विहान रानीपोखरी पुगेर उपमेयर खड्कीले ‘मेयरसँग म कुरा गर्छ, अहिलेलाई काम रोकौं’ भन्दै रानीपोखरीको गेटमा रडको ‘ताला’ लगाएर फर्किएकी थिइन् ।
तर दिउँसा १२ः३० बजेतिर रानीपोखरी पुगेका मेयर शाक्यले भने उपमेयर खड्गीले लगाएको ताला फोरेर भित्र पसेका थिए । मेयर शाक्यले पुरातात्व विभागकै मार्गनिर्देशनमा रानीपोखरीको पुनर्निर्माण भइरहेको भन्दै रोक्नुको कुनै अर्थ नभएको बताए ।









