यस्तो छ बलिउड सेलिब्रेटिजहरूको कमार्इ

एजेन्सी । फोर्ब्स इंडियाले शीर्ष १०० सेलिब्रेटिजको सूची जारी गरेको छ । बलिउडका दबंग सलमान खान एकपटक पुन: यस सूचीको शीर्षस्थानमा रहन सफल भएका छन् । करिब २ अर्ब ३२ करोड भारु कमाएका उनी लगातार दुई वर्ष यस सूचीको शीर्षस्थानमा रहेका हुन् । त्यस्तै अर्का अभिनेता शाहरुख खान १ अर्ब ७० करोड भारुका साथ दोस्रो नम्बरमा छन् । यस सूचीको तेस्रो नम्बरमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली छन् । जसको कमाई करिब १ अर्ब भारु रहेको छ ।

राष्ट्रिय पुरस्कार विजेता अभिनेता अक्षय कुमार ९८ करोडका साथ यस सूचीको चौथो नम्बरमा छन् । उता सचिन तेन्दुलकर भने ८२ करोडका साथ पाँचौं स्थानमा छन् ।

अभिनेता आमिर खान ६९ करोडका साथ छैटौं स्थानमा रहँदा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेकी अभिनेत्री प्रियंका चोपडा ६८ करोडका साथ यस सूचीको सातौं नम्बरमा छिन् ।

क्रिकेटर महेन्द्र सिंह धोनी करिब ६४ करोड कमाएर आठौं स्थानमा छन् । त्यस्तै अभिनेता ऋतिक रोशन ६३ करोडका कमाई गरी यस सूची नवौं स्थानमा रहन सफल भए भने अभिनेता रणवीर सिंह ६२ करोड कमाउँदै यस सूचीको दशौं स्थानमा अटाएका छन् ।

सम्बन्धित शिर्षकहरु