सौर्य मण्डलमा देखिएको यो वस्तुको रहस्य खुल्यो

एजेन्सी । ब्रम्हाण्डमा केही समयअघि भएको एउटा घटनाले सबैको ध्यान तानेको थियो । त्यतिबेला हाम्रो सौर्य मण्डलमा एउटा रहस्यमय वस्तु देखिएको थियो । धेरैले उक्त वस्तुलाई एलियनले पठाएको अन्तरिक्ष यान ठानेका थिए । अर्को सौर्य मण्डलबाट उक्त यान एलियनले पठाएको हुन सक्ने आशंका गरिएको थियो ।

तर वैज्ञानिक अनुसन्धान पछि उक्त वस्तुको रहस्य खुलेको छ । वैज्ञानिकले त्यो वस्तुबाट आएको प्रकाशलाई विश्लेषण गरेका थिए । विश्लेषण पछि उक्त वस्तु कडा चट्टान भएको उनीहरूले दाबी गरेका छन् । चट्टानको बनावट अध्ययन गरेपछि यस्तो तथ्य बाहिर आएको हो । चट्टानको बाहिरी भागमा विशेष खालको क्रस्ट रहेको र यही क्रस्टका कारण ३०० डिग्रीसम्मको तापक्रममा पनि यो चट्टानको वाष्पीकरण नभएको वैज्ञानिकले बताएका छन् ।

प्रख्यात वैज्ञानिक स्टेफेन हकिङ्सको नेतृत्वमा रहेको एक टोलीले पनि उक्त घटनाको अध्ययन गरेको थियो । यस क्रममा हाम्रो सौर्यमण्डलभन्दा अन्यत्रबाट पठाइएको हो वा होइन भनेर अध्ययन गरिएको थियो । र हालै उत्तरी आयरल्याण्डका वैज्ञानिकले उक्त वस्तु एलियनले पठाएको यान नभई सौर्य मण्डलमा रहेको प्राकृतिक वस्तु भएको पुष्टि गरेका छन् ।

सम्बन्धित शिर्षकहरु