‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव

नयाँदिल्ली । भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र रिता नै सबैभन्दा बृद्ध चिम्पान्जी भएको चिडियाखानाले जनाएको छ ।

दिल्ली चिडियाखानामा अायोजना गरीएको जन्मोत्सव समारोहमा रितालार्इ केक, फलफुल र मह खुवाइएको थियो । सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी रितालाई चार बर्षको उमेरमा भारत ल्याइएको थियोे । चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि त्यो भन्दा बढि उमेर रिता बाँचेकी हुन् ।

जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको थियो । यसै चिडियाखानामा गत जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव पनि मनाइएको थियो ।

 

 

सम्बन्धित शिर्षकहरु