
जनकपुर । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरु काँग्रेसको डर धम्कीबाट नडराउने बताएका छन् ।
अाज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महतोले यस्तो बताएका हुन् । काँग्रेसले फेरि पनि डर धम्की देखाएर राजनीति गरे जनताले गतिलो जवाफ दिने उनले बताए । काँग्रेसले पछिल्लो समय डर धम्कीकै राजनीति गरेका कारण जनताले सबक सिकाएको महतोको ठम्याँइ छ । जनकपुरलाई राजधानी बन्नबाट कसैले रोक्न नसक्ने पनि उनले बताए








